पाल्पा पहिरोमा पुरिएका थप एकको मृत्यु



रुपन्देही,असार २६ । पहिरोमा पुरिएर पाल्पामा थप एक जनाको मृत्यु भएको छ । दुई दिनअघि पहिरोले पुरिएर घाइते भएका तिनाउ गाउँपालिका-५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुंगेको मृत्यु भएको हो।

उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको घटनास्थलमै मृत्यु भएको थियो ।

गत बिहीबार बिहान माथिबाट झरेको पहिरोले पुरिएर ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्