टोखास्थित झोरका भरत बिडारीले गरे ५१ औं पटक रक्तदान



काठमाडौ,असार २६ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरका भरत बिडारीले शनिबार ५१ औं पटक रक्तदान गरेका छन्। नगरको वडा नम्बर १ र श्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा शनिबार झोरमा सम्पन्न रक्तदान कार्यक्रममा बिडारीले ५१ औं पटक रक्तदान गरेका हुन।

आफ्नो २२ वर्षीय जीवनदेखि रक्तदान गरेका बिडारीले रक्तदानले कसैको जीवन बच्न सक्ने भएकाले शरीरमा आफै नासिएर जाने रगत दान गरी पुण्य कमाउन समेत सबैलाई अनुरोध गरे।

झोरस्थित पब्लिक स्कुलमा भएको रक्तदान कार्यक्रममा बिडारीसहित २६ जनाले रक्तदान गरेका थिए।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौले सहयोग गरेको थियोे।

सो अवसरमा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका कोडिनेटर सरोज महर्जन, श्रमिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद बिडारी, माओवादीका श्यामकृष्ण डङ्गोल, नेपाल रेडक्रस सोसाइटी बिष्णुमती शाखाका सचिव नवराज काफ्ले, झोर महाङ्काल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल लगायत स्थानीय शिक्षक तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेकोे थियोे ।

रक्तदान विषेश कार्यक्रमको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्