अमेरीकाले १५ लाख डोज कोरोना खोप नेपाललाई उपलव्ध गराउँदै



एजेन्सी,असार २६ । कोरोना महामारीसँग जुधिरहेको नेपाललाई अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । छिमेकी मुलुक चीनले दुई पटक गरेर १८ लाख डोज कोरोनाको खोप अनुदानमा दिएको छ । नेपाललाई कुनै पनि वैदेशिक सहायता अन्तर्गत प्राप्त सहयोगमा यो सबै भन्दा बढी हो ।

त्यसपछि अमेरीका देखिएको छ । अमेरीकाले नेपाली जनताका लागि भन्दै जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार काठमाण्डौं आईपुग्नेछ ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। त्यही प्याकेज अन्तगत यो खोप आउन लागेको हो ।

यस अघि भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपलव्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्