वाग्मती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो
काठमाडौ,असार २५ । वाग्मती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।
भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले भोलि शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक बुद्धिमान माझी, प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामालगायत अन्य दलका नेताहरुको सहभागिता रहेको थियो ।
विपक्षी दलहरुले बैठकमा आइतबार मात्रै प्रदेशसभाको बैठक संचालन गर्न सुझाव दिएको भएपनि शनिवार नै बैठक राख्ने निर्णय भएको कांग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै शनिवार देखि सदन अवरुद्ध गराउँदै आएका थिए ।