नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटियो
नुवाकोट,असार २५ । नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटिएको त्रिशुली अस्पतालले जनाएको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले यसबारे जानकारी गराएको हो।
त्रिशुली अस्पतालको पीसीआर प्रयोगशालामा पीसीआर पोजिटिभ देखिएका ४ वटा स्वावका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ मार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाइएकोमा ३ वटा स्वाव नमूनाहरुमा हालको डेल्टा (B.617.2) र १ वटामा नयाँ तेस्रो भेरियन्ट डेल्टा प्लस (B.167.2)+K417N प्रमाणित भएको अस्पतालले जनाएको छ।
तेस्रो चरणको डेल्टा प्ल्सको भाइरसले बालकदेखि बृद्धसम्मका सबै उमेर समूहका ब्यक्तिलाई आक्रमण गर्ने भएकाले सचेत रहन समेत विज्ञप्तीमा भनिएको छ।
हेर्नुस् अस्पतालद्वारा जारी विज्ञप्ती:-