नुवाकोटमा साउन १ सम्म निषेधाज्ञा थप गर्न सिफारिस
नुवाकोट,असार २५ । जिल्लामा निषेधाज्ञा थप लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १ गतेसम्मका लागि लम्ब्याउने तयारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको उपस्थितिमा बसेको कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा आज असार २५ गते राती १२ बजेदेखि साउन १ गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिने तयारी गरिएको हो ।
जिल्लामा कोरोना संक्रमणदर उहीँ गतिमा रहेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप निषेधाज्ञा बढाउन जिल्ला प्रशासनलाई सिफारिस गरेको जनाएको छ ।
कोभिड व्यवस्थापन अध्यायदेश २०७८ र सङ्क्रमण रोग एन २०२० बमोजिम अत्यावश्यक कार्य बाहेकका कार्य गर्न निषेध गरेको छ ।
कोभिड ब्यवस्थापन नुवाकोटको निर्णयहरु