नुवाकोटको शिवपुरी गाउँपालिकाले वितरण गर्यो किसानलाई फलफूलको बिरुवा



नुवाकोट,असार २५ । जिल्लास्थित शिवपुरी गाउँपालिकाले सेवा क्षेत्रका कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकाले ८ वटै वडाका किसान, व्यासायिक कृषि फाम तथा कृषि समुहमा आवद्ध किसानहरुलाई फलफूलको बिरुवा वितरण गरिएको गाउँपालिकास्थित कृषि शाखाले जनाएको छ।

कृषि शाखाका उज्ज्वल थपलियाका अनुसार वितरण गरिएको बिरुवामा एभोकाडो, सुन्तला, कागती लगायत फलफूलको बिरुवा रहेको छ। 

गाउँपालिकाले किसानको मागअनुसार नाम दर्ता गरेका ३४७ जना किसानलाई बिरुवा वितरण गरिएको थियोे । वितरित फलफूलको बिरुवा संख्यामा एभोकाडो २०००, सुन्तला १३००, कागती ५०० रहेको छ । गाउँपालिकाको लिखु,छाप र तलाखु क्षेत्रमा वितरण भने बाकी नै रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्