दाङमा घर भत्किँदा शिशुको मृत्यु, आमा र दिदी घाइते



दाङ,असार २४ । दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ ।

घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मनिषा र उहाँकी अर्की छोरी घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा बिहान ३ बजे अविरल वर्षाका कारण घर भत्किँदा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्