पहिरोले नुवाकोटको गुर्जे-अर्खौले हुँदै खोलेगाउँ जोड्ने सडक अबरुद्ध
नुवाकोट,असार २४ । पहिरोले नुवाकोटको गुर्जे-अर्खौले हुँदै खोलेगाउँ जोड्ने सडक अबरुद्ध भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित अर्खौले भीरबाट खसेको पहिरोले यस सडकखण्ड अवरुद्ध भएको हो।
जिल्लाको पुर्वी क्षेत्र जोड्ने छोटो सडकखण्ड अवरुद्ध हुँदा गुर्जे-खोलेगाउँ-सेराबगर हुँदै पुर्वी क्षेत्र भित्रिने स्थानीय मारमा परेका छन् । आइतबार बिहान खसेको पहिरोका कारण सामाखुसी हुँदै अर्खौले खोलेगाउँ भित्रिने भाडाका सवारीसाधन समेत ठप्प भएको समुन्द्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद सिटौलाले बताए।
यता शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङले खसेको पहिरो वर्षाका कारण पन्छाउन अझै एक साता लाग्ने बताए। उनले यस क्षेत्र आवतजावत गर्ने पैदल यात्रुलाई संयमतापूर्वक यात्रा तय गर्न समेत अनुरोध गरे।