सुनको मूल्य सामान्य वृद्धि, तोलाको कति?



काठमाडौं, असार २४ । नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार भने प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज १ सयले सुनको मुल्य बढेको हो ।

त्यस्तै, तेजाबी सुनको मुल्य पनि बृद्धि भएको छ । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

बिहीबारनै चाँदीको मुल्य भने १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्