टोखानगर वडा नम्बर १ का अभिभावकविहिन बालबालिकालाई वडाको सहयोग
झोर,असार २४ । टोखा नगरपालिका वडा नम्बर १ का अभिभावकविहिन बालबालिकालाई वडाले सहयोग प्रदान गरेको छ।
बुधबार वडा नम्बर १ को कार्यालयद्वारा आयोजित एक कार्यक्रममा उक्त सहयोग गरिएको वडा नम्बर १ कार्यालयले जनाएको छ। टोखा नगरका उपमेयर ज्ञानमाया डङ्गोलको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा वडा क्षेत्रका १५ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
सो कार्यक्रम प्रदेश सरकारको ससर्त कार्यक्रम अन्तर्गत १ नम्बर वडा कार्यालय र टोखा नगरपालिका महिला तथा बालबालिका शाखाको समन्वयमा बालबालिकाको लागि सरक्षण सहयोगार्थ कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ ।