फेरि तेह्र दिनमै बढ्यो इन्धनको मूल्य



काठमाडौ,असार २२ । नेपाल आयल निगमले असार ९ गते बढाएको इन्धनको मुल्य दुई साता नबित्दै फेरी मुल्य बढाएको छ। 

निगमले यस पटक  खाना पकाउने ग्यास देखि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनमा समेत मूल्य बढाएको हो। मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले  पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको छ। 

मुल्य बृद्धि भएसँगै काठमाडौंमा  पेट्रोलको मूल्य प्रतिलिटर १२९,डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। त्यसैगरी खाना पकाउने ग्यासमा २५ रुपैयाँ बृद्धि गरेको छ। मुल्य बढेसँगै ग्याँसको मुल्य १४२५ पर्नेछ। यता आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ।अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्