सरकार विरोधी राजनीतिक दलहरुलाई कोमल वलीले दिइन् बाँदरको संज्ञा



काठमाडौँ,असार २१ । राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गरेकी छन् ।

उनले आफुले पनि नगर्ने र अर्कालाईपनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शिर्षकको कविता बाचन गरेर सुनाएकी थिइन् ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताएकी हुन् ।

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भईकन जनतालाई जलस्रोतसंग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहश्र भएको उनको दाबी रहेको छ ।

कविता यस्तो थियो …….

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्श्याको भट्टीमा आफैलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको ।।।

बाँदरहरु खेती गर्दैनन्, बाली विनाश गर्छन् ।
कहिले ढेडुहरुसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यि बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्