बोधिसत्वा बिहारद्धारा दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान
गुल्मी,असार २१ । गुल्मीमा बोधिसत्वा बिहारद्धारा गुल्मी र अर्घाखाँचीका दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । यसरी स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्लाको छत्रकोट गाउँपालिकाको मानकोट स्वास्थ्य चौकी र अर्घाखाँचीको भवगवती स्वास्थ्य चौकी ढिकुरा स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
स्वास्थ्य सामाग्री लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष सहितका पदाधिकारीहरुले स्वास्थ्य चौकीलाई हस्तातरण गरेका थिए । वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
दुइवटा स्वास्थ्य चौकीलाई २ वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर, पिपिइ, बिपी सेट, थर्मल गन, लगायतका २१ प्रकारका स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट जिल्लामा स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिदै आएको छ । सोहि संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल सहित बिभिन्न स्वास्थ्य संस्थाहरुलाई ४५ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
संस्थाले जिल्लामा केहिसमय पछि पुन खाध्यसामाग्री बितरण गर्ने गरि समन्वय भइरहेका छ । दोस्रो भेरियन्टको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।