नेपालगन्जका पत्रकार सिद्धिकीको अल्प आयुमै निधन



बाँके,असार २१ । प्रेस संगठन बाँके कार्यसमिति सदस्य पत्रकार मोविनुद्धिन सिद्धिकीको अल्प आयुमै निधन भएको छ । उच्च रक्तचापको कारण हृदयघात भएर नेपालगन्ज मेडिकल कलेजमा आइतबार साँझ ६:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका स्वर्गीय सिद्धिकीका एक छोरा र एक छोरी रहेका छन् । आफन्तलाई भेट्न रुपैडिहा पुग्नु भएका स्वर्गीय सिद्धिकी एक्कासि बिरामी भएको स्रोतले जनाएको छ । अस्पताल ल्याएको आधा घण्टा भित्र पत्रकार सिद्धिकीको निधन भएको स्थानीय पत्रकार आलम खानले बताए। खानले भने” भोलि उनीसंग बसेर चिया खाने कुरो थियो । तर के गर्नु थाहा नै नदिइ चटक्कै छोडेर गए ।”

पत्रकार सिद्धिकीले पुर्‍याएको योगदानलाई सम्झिदै प्रेस संगठन बाँकेले समवेदना व्यक्त गरेको छ । समवेदनामा सबै क्षेत्रमा सहयोग गर्ने सकारात्मक सदस्यको मृत्युले संगठनलाई अपुर्णनिय क्षति भएको छ । भनिएको छ।

प्रतिक्रिया दिनुहोस्