उपत्यकामा हट्यो यातायातमा जोर-बिजोर प्रणाली
काठमाडौं,असार २० । सरकारले देशको राजधानी काठमाडौं उपत्यकाभित्र सवारी साधानमा जोरबिजोर प्रणाली हटाएको छ । आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २२ गतेदेखि लागू हुनेगरी सवारीसाधन खुल्ला गरेको हो ।
सवारी साधान स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।
सफा टेम्पोमा ९ जना मात्र यात्रु राख्न पाइने छ । निर्माण सामाग्री ढुवानी बेलुका ९ देखि विहान ५ बजेसम्म संचालन गर्न पाइनेछ । निषेधाज्ञा भने कायमै रहने बताएको छ ।