नुवाकोटको पञ्चकन्या र तादी गाउँपालिकालाई रुडेक नेपालद्वारा राहत सामाग्री प्रदान
नुवाकोट,असार १९ । जिल्लास्थित पञ्चकन्या र तादी गाउँपालिकालाई ग्रामीण शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्वारा राहत सामाग्री प्रदान गरिएको छ। कोरोना महामारी विरुद्दकाे अभियानमा एक्यवद्धता जनाउदै संस्थाले राहत सामग्री प्रदान गरेको जनाएको छ।
राहत सामग्री पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ,उपाध्यक्ष सीता पराजुली लगायतको उपस्थितिमा वितरण गरिएको थियोे । कोभिड १९ संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि दिइएको सामग्रीमा चामल ३५ बाेरा , तेल ३५ लिटर, दाल १८० किलो , नुन ७० प्याकेट,साबुन २१६ वटा , चिउरा ७० किलाे र मास्क ८७५ प्रति रहेको छ।
त्यस्तै असार १६ गते तादी गाउँपालिकाको सहकार्य तथा ग्रामिण विकास शशक्तिकरण केन्द्रको (रुडेक नेपाल) को आयोजना र आर्थिक सहयोगमा तादी गाउँपालिका समेत राहत सामाग्री प्रदान गरिएको छ। गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे,प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण थापाको उपस्थितिमा राहत सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। सेवा क्षेत्रका ३५ घरधुरीलाई प्रदान गरिएको राहत सामाग्रीमा चामल ३५ बोरा,तेल ३५ लि,दाल १८० किलो,नुन ७० पाकेट,साबुन २१६ वटा,चिउरा ७० किलो,मास्क ८७५ प्रति रहेको छ ।