मुग्लिन-काठमाडौ र नारायणगढ -मुग्लिन सडक अबरुद्ध



चितवन, असार १९। चितवनको दुई ठूला राजमार्ग पहिरोका कारण रातिदेखि अबरुद्ध भएको छ । निरन्तर परेको पानीका कारण मुग्लिन काठमाडौ र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडकको चारकिलो र सेती दोभानमा पुन: पहिरो गएको छ । त्यस्तै आज बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङ नजिकै पहिरो जादा काठमाडौ जाने बाटो रोकिएको हो ।

चितवन र पोखराबाट काठमाडौ जाने सडक अबरुद्ध भए पछि सयौ यात्रु अलपत्र परेका छ्न । पहिरो पन्छाउने काम जारी रहे पनि भारी वर्षाका कारण काम गर्न असजिलो भएको प्रहरीले जानकारी दिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्