धार्मिक पर्यटन विस्तारका लागि मोतिचौरमा १०८ ओटा धारा निर्माण



म्याग्दी,असार १९ । धार्मिक पर्यटन विस्तारका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना मोतीचौरमा १०८ ओटा धारा निर्माण गरिएको छ । 

समुन्द्री सतहदेखि २ हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मोतिचौरमा रू. २० लाखको लागतमा १०८ ओटा धारा निर्माण गरिएको हो ।

धारा निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट रू. ८ लाख, देश तथा विदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रू. ११ लाख र रू. ३ लाख बराबरको स्थानीयको श्रमदान गरि कुल २० लाखको लगानी भएको मोतीचौर १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए ।

मोतीचौरमा शिद्घ र बराहको मन्दिर रहेका छन् । जहाँ प्रत्यक वर्ष जनै पूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकांक्षा पूरा गर्नका लागि बली सहित त्यहाँ भाकल तथा पूजा गर्न आउने गर्दछन् ।

सन्तान नभएकाहरुलाई सन्तानको बर प्राप्त विश्वास भएकाले पनि यस क्षेत्रको अझै बढि महत्व रहेको मोतिचौर बराहका संरक्षक टेकबहादुर थापाले जानकारी दिए । बली नदिइ पूजा गर्नेहरुका लागि १०८ धाराको छेउमा लक्ष्मीनारायणको मन्दिर पनि निर्माण भइरहेको छ ।

भारतको राजस्थानबाट ढुंगा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतिचौरमा धारा निर्माणका लागि युके लगायत विदेशमा रहेका दाना बासीहरुबाट करीब ११ लाख रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानकर्ता बेल बहादुर पुर्जाले बताए ।

उनका अनुसार हिउँदमा पनि नसुक्ने १०८ ओटा मुलहरुबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ ।

यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्ध हुने र चिताएको पनि पुग्ने विश्वास लिइएको छ । मातिचौरको धार्मिक पर्यटनलाइ विकास गर्नका लागि यसै आवदेखि नै दाना, घट्टेखोला, डाँडागाउँ देखि कुलीबाङ हुँदै द्वारी मोतिचौर पुग्ने सडक खन्न शुरु गरिएको छ ।

सो सडकलाइ निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा पनि वडाबाट पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरिएको अन्नपूर्ण गाउँपालीका ३ दानाका वडा अध्यक्ष नरसिङ पुनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्