नुवाकोटको लिखुमा अपाङ्गतामैत्री सहायता सामग्री प्रदान



नुवाकोट,असार १८ । जिल्लाको लिखु गाउँपालिकाले आफ्नो क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गतामैत्री सहायता सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाले छ वटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको घरघरमै पुगेर उनीहरुको आवश्यकता अनुसारका सामान हस्तान्तरण गरिएको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

लिखु गाउँपालिकाको सामाजिक विकास शाखाकी अधिकृत पार्वती उप्रेतीका अनुसार पालिकामा अपाङ्गता भएका व्यक्तिहरु एकसय १७ जना सुचीकृत रहेका छन् । अतिअशक्त रहेका नागरिकको हकमा रातो कार्ड १६ जनालाई प्रदान गरिएको छ । बाँकी अपाङ्गताको आधारमा निलो, पहेँलो र सेतो कार्ड प्रदान गरिएको उनले बताईन ।

गाउँपालिकाले यसवर्ष १० थान ह्विल चियर, तीन थान वर्गअनुसारको छडी, १९ थान वालिङ स्टिक, ७ थान बैशाखीलगायतका सहायता सामाग्री वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्