प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोडको सहमति



काठमाडौं,असार १८ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरु खरीद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो। 

प्रतिक्रिया दिनुहोस्