मोबाईलबाट भिडियो खिचेको विषयमा कुटाकुट, एक जनाको मृत्यु



कपिलवस्तु,असार १८ । कपिलवस्तुको मायादेबी गाउपालिका– ४ पिपरामा मोबाईलमा भिडियो खिचेको बिषयमा बिवाद पछि भएको कुटपीटमा एक जनाको मृत्यु भएको छ ।

स्थानीय जाबेद मुसलमान र बद्दाम मुसलमान बिच भिडियो खिचेको बिषयमा बिवाद बढेको थियो । बिवाद पछि बद्दाम सहितको समुहले सोही बिषयमा खाटको पटीयाले टाउकोमा हिर्काउदा जाबेदको मृत्यु भएको हो ।

जाबेदको भैरहवा स्थित भीम अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घटनाको आरोपमा सद्दाम मुसलमान र बद्दाम मुसलमान पक्राउ परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्