तनहुँमा बाढीले पक्की पुल बगायो
तनहुँ,असार १७ । तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नं. १ र वडा नं. १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।
बुद्धसिंह मार्गअन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा बुधबार राति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदी लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।