पार्टीलाई जेठ २ मा फर्काउने एमालेको निर्णय
काठमाडौँ,असार १६ । नेकपा एमालेको जेठ २ को अवस्थामा फर्किने निर्णय गरेको छ । यो संगै पार्टि अब पुरानो संरचनामा फर्कने भएको छ।
स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
जेठ २ मा फर्किएसँगै नेकपा एमालेको २४१ जना सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ ।