बुटवल-नारायणघाट सडक अवरुद्ध



बुटवल,असार १६ । अबिरल बर्षाका कारण डाईभर्सन भत्किदा पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक अवरुद्ध भएको छ। नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा बनाइएको डाईभर्सन भत्किदा सडक अवरुद्ध भएको हो ।

सडक आज बिहान ५:३० बजे देखी पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाटले जनाएको छ । 

साथै सरावल गाउपालिका १ बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्