मेयर कक्षपतिले पत्रकार कल्याणकारी कोषमा एक महिनाको पारिश्रमिक सहयोग गर्ने
प्युठान,असार १५ ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले एक महिनाको पारिश्रमिक सहयोग घोषणा गर्नु भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समिति’को अन्तरक्रिया कार्यक्रमको अवसरमा उहाले १ महिना बरावरको सेवा सुविधा वापतको रकम दिने घोषणा गर्नुभएको हो।न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु प्रसाद भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मेयर कक्षपतिको प्रमुख आतिथ्यता रहेको थियो।
अप्ठेरोमा परेका महासङ्घमा आबद्ध जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको सहयोगार्थ पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय अनुसार अघिल्लो कार्यसमितिबाट कोष खडा भैसकेको थियो ।
जसमा पत्रकार कल्याणकारी कोषका लागि नेपाल पत्रकार महासङघका निबर्तमान अध्यक्ष महाबिर राना ५ हजार , स्व. बसन्ता भट्ट रू १० हजार , केशर रोका रू ५ हजार ,कृष्णराज पाण्डे रू ५ हजार गरी जम्मा २५ हजार सहयोग रकम जम्मा भैसकेको महासघका निबर्तमान अध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो ।