जीवन विकास लघुवित्तको आईपीओमा १२.६० गुणा बढी आवेदन
काठमाडौं,असार १४ । जीवन विकास लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ९२ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतवार साँझ साढे ५ बजेसम्ममा १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् ।
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा १२ दशमलव ६० गुणा धेरै हो ।
कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि अर्थात् असार १५ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहनेछ ।