पर्यटन मन्त्रीद्वारा तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न निर्देशन



काठमाडौं,असार १३ । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताउनु भएको छ । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उहाँले पुरातत्व विभागलाई यस्तो निर्देशन दिनु भएको हो ।

सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । सोहीकारण उहाँले आइतबार पदबहाली गर्नु भयो । सो क्रममा उहहहहाँले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिनु भयो ।

नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उहाँले पर्यटन प्रवर्द्धनमा जोड दिनु भयो । नेपाल वायुसेवा निगमको घाटा कम गरी जनतामा विश्वास प्राप्ति हुने गरि काम गर्न निर्देशन दिनु भयो । युरोपेली यूनियनको कालोसूचिबाट नेपाललाई हटाउन ठोस कार्ययोजनासहित काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भयो ।

उहाँले मन्त्रालयका विद्यमान समस्या समाधान गर्न समेत कार्ययोजना बनाउन अधिकारीहरुलाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्