गण्डकीमा दुई मन्त्रीले पाए जिम्मेवारी
कास्की, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दुईजना मन्त्रीलाई मात्र जिम्मेवारी दिएका छन् । जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्रीले दिएको मन्त्रालय अस्वीकार गरेका छन् ।
कांग्रेस र माओवादीबाट मन्त्री बनेकाहरुलाई मात्र जिम्मेवारी तोकेको छ । जेठ २९ गते नियुक्त भएका मुख्यमन्त्रीले सपथ लिएको १३ दिनपछिमा दुईजना मन्त्रीलाई मात्र मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री नेपालीले उनीहरुलाई मन्त्रालयको कार्यविभाजन गरी कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास, माओवादीकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले सहमति जुट्न नसक्दा विना विभागीय नै रहेका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।