जेसिबी चालकले गरे वडा अध्यक्ष श्रेष्ठको हत्या



काठमाडौ,असार १२ । जेसिबी चालकले वडा अध्यक्षको हत्या गरेका छन् उनीहरु बीच खानपीनको क्रममा विवाद भएको बताइएको छ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका हुन् ।

हत्या आरोपी हरिपुर नगरपालिका १ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

सर्लाहीका प्रहरी सह प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार इश्वरपुर नगरपालिका ३ मा सार्वजनिक पोखरी खनिदैछ । त्यहाँ पुगेका वडाध्यक्ष श्रेष्ठ, ठेकेदार र चालक एकैठाउँमा बसेर खानपिन गरेका थिए ।

खानपिनकै क्रममा विवाद भएर चालकले जेसिबी स्टार्ट गरी बकेटले वडाध्यक्षको टाउकोमा प्रहार गरि हत्या गरेको बुझिएको प्रहरीले उल्लेख गरेको छ । घटनाको अनुसन्धान भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्