गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मृत्यु
गुल्मी,असार १२ । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी ,कार्यालय गुल्मीले जनाएको छ । रिडी बजार स्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
श्रेष्ठको थप उपचारको लागि पाल्पा स्थित मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।