राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियर पक्राउ
काठमाडौं,असार १२ । सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
उनीहरुलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला पुगेका थिए । माइतीघर मण्डलामा आइपुगेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका हुन् ।