यसोदादेवी भगवानसिंह ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण



नुवाकोट,असार ११ । यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ। ट्रस्टले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीसहित लिखु र शिवपुरीका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । ट्रष्टले नुवाकोटको विभिन्न स्थानीय तहका वडा तथा स्वास्थ्य संस्थालाई ४ थान अक्सिजन कन्सनट्रेटर,माक्स र स्यानीटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको ट्रस्टका महासचिव जगदीश्वर नरसिंह केसीले बताए ।

ट्रस्टले जिल्लाको विदुर नगरपालिका साविकको खडका भन्ज्याङ्ग, कल्याणपुर, गेर्खु र शिबपुरि गाउँपालिकाको वडा नं ३ , लिखु गाउँपालिकाको सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी एक एकवटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको उपचार तथा नियन्त्रणमा राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी आफूहरु मानवीय सेवामा तल्लीन रहेको ट्रष्टका महासचिव केसीले बताए।

प्रतिक्रिया दिनुहोस्