राप्रपाद्वारा माहामारीको बेला अग्रपंक्तिमा खटिनेलाई सम्मान



देवदह,असार ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले कोरोना भाईरसको महामारीको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका कामना डेलीका पत्रकार सुरज भट्टराई सहित दर्जन ब्याक्तीहरुलाई सम्मान गरेको छ। राप्रपाले फ्रन्टलाईनमा रहेर कोरोना रोकथाम नियन्त्रणमा खटिएका देवदहका बिभिन्न संचारकर्मी,संघसंस्था लगायतलाई सम्मान गरेको छ । होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रम विच राप्रपाका केन्द्रिय कार्यसमिति सदस्य तोयानाथ लम्सालले दोसल्ला ओढाएर समान्न गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अलिले यो कोरोना महामारीको बेला राप्रपाका कार्यकर्ता जागिरहेका बताउनुभयो । राप्रपा सधै नागरिकको हक हितको लागि काम गरि रहने प्रतिबद्वता ब्याक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमको अध्यक्षयता गरिरहनुभएका राप्रपा

देवदह नगर कार्यसमितिको अध्यक्ष माधव रिमालले कार्यक्रममाथी प्रकाश पार्दै राप्रपा देवदहले पहिलो चरणको महामारीको बेला पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको र अहिले पनि कोरोनाका बिरामीलाई अस्पताल पुर्याउन निशुल्क सवारीसाधनको व्यवस्था गरेको बताउनु भयो । उहाले १२ सय जनालाई अस्पताल सम्म पुर्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्