काे हाेला पञ्चकन्याको सामाजिक सुरक्षाभत्ता ५३ लाख चाेर्ने ? [हेरौं तथ्यहरु]
नुवाकोट,असार ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा भएको ५३ लाख रुपैयाँ चोरीको घटना एकाध पक्षले लुकाउन खोजिएपनि यसको चर्चा कतै लुकेको छैन झन चुलिएको छ ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाँड्न भन्दै वडाका कर्मचारीले बैंकबाट निकालेको ५० लाख रुपैयाँ चोरी भयो । चोरी भएपछि गाउँपालिकाको उजुरीका आधारमा तीन जनालाई मुद्दा चलाइयो । तीनै जना धरौटीमा रिहा भए । तर, घटना सेलाएको छैन ।
आउनुहोस् घटनाका केहि तथ्यबारे हामी सबै मनन गरौ।
तथ्य नं १- सिसि क्यामेराले कभर नगर्ने स्थानमा केहि दिन अघि मात्रै पैसा राख्ने दराज व्यवस्थापन गर्नु ।
तथ्य नं २- यस अघि एक पटकमा १०-१५ लाख ल्याएर सकिए पछि फेरि त्यसै गरि ल्याउने गरेकाेमा यसपटक ५० लाख ल्याउनु , यति ठुलाे रकम ल्याउँदा वडा बाहेक आफुभन्दा माथिल्ला कर्मचारीलाई जानकारी नगराउनु ।
तथ्य नं ३- यति धेरै रकम ल्याएर पनि पटक पटक ताेडफाेड हुने गरेकाे थाहा पाउँदा पाउँदै वडा मै राख्ने सल्लाह मिल्नु ।
तथ्य नं ४- सिसि फुटेजले नभेट्ने दराजमा पैसा राखेकाे दावी गर्नु तर पैसा राखेकाे दावी गरिएकाे ठाउँमा पैसा नअट्ने कुरा अनुसन्धानले देखाउनु ।
तथ्य नं ५- पैसा राख्दै गर्दाकाे घटना हेर्दा उनीहरुले नै असुरक्षित भन्ने गरिएकाे कार्यालयमा यति माेटाे रकम राख्दा देखिनु पर्ने संबेदनशीलता फुटेजमा नदेखिनु ।
तथ्य नं ६- जस्ताे र जत्राे झाेला बाेकेर भित्र छिरेकाे हाे त्यस्तै र त्यत्रै झाेला बाेकेर बाहिर निस्केकाे फुटेजमा देखिनु ।
तथ्य नं ७- एक पटक बाहिर निस्केपछि आंगनमा राेकिएर सचिव निस्के पछि फेरि भित्र पसेर झ्याल ढाेका नियाल्नु, ढाेकाकाे ताला नियालेर समाउनु ।
तथ्य नं ८- कार्यालयकाे मुल ढाेका, सचिवकाे काेठाकाे ढाेका,कम्प्युटर काेठाकाे ढाेकामा लगाइएका तालाहरु नहुनु तर ढाेकाकाे अवस्था जस्ताकाे त्यस्तै र चाेटपटक नहुनु, ताला झुण्ड्याउने अन्तरामा समेत कुनै दाग नदेखिनु ।
तथ्य नं ९- तीन वटै ढाेकाका ताला तथा दराजकाे तालासमेत साँचाे कै प्रयाेगबाट खाेलेकाे स्पष्ट अनुमान र दराजकाे तालामा समेत कुनै चाेटपटक नदेखिनु ।
तथ्य नं १०- ती सबै तालाका साँचाेमध्ये ढाेकाकाे साँचाे कार्यालय सहायक र कार्यालय सहयाेगीसँग र दराजकाे साँचाे सचिव र कार्यालय सहायकसँग मात्र हुनु ।
तथ्य नं ११- एक वर्ष अघिदेखि काम गर्ने सचिवलाई पैसा राखेकाे भनिएकै दिन मात्र दराजकाे साँचाे हातमा दिनु ।
तथ्य नं १२-राति देखिने फुटेजमा देखिने मानिस अाफ्नै काेठामा पसेझै निर्धक्क जुन जुन ठाउँमा जानू पर्ने नराेकिइ सरासर ठाउँकाे पहिचान गरेर हिड्नु
तथ्य नं १३- सिसि क्यामेराकाे निगरानीबाट पन्छन कम्प्युटररुममा छिरेर माेनिटर हटाएर प्यासेजमा राखेपछिमात्र सचिवकाे दराज खाेल्नु । सचिवकाे दराजबाट पैसा झिकेकाे हालेकाे देखिँदैन तर झाेला बाेकेर भित्र गएकाे मान्छे उस्तै उत्रै झाेला बाेकेर निस्कन्छ र खेलाडी बस्ने गरेकाे रित्ताे काेठामा छिरेर निस्कन्छ । याे सबै काम लगभग ७-८ मिनेटमा पूरा गर्नु ।
तथ्य नं १४- साेही दिन नजिकै जाेडिएकाे कालिका माविकाे प्रधानाध्यापक पनि तलवकाे सिलसिलामा विदुर जानू राति प्रधानाध्यापक तथा लेखापालकाे दराज पनि फाेरिनु ।
तथ्य नं १५- चैत्र २४ राति पैसा हराउनु २५ देखि अनुसन्धान सुरु हुनु चैत्र २६ गते कार्यालय सहायककाे घरमा सिसि क्यामेरा जडान गरिनु ।
तथ्य नं १६- अनुसन्धान टुङ्गाेमा नपुगी अभियुक्तहरुलाई घरबाट आउने जाने सुविधा दिनु ।
तथ्य नं १७- अभियुक्तहरुकाे घर खानतलासी ढिला गर्नु ।
तथ्य नं १८- अनुसन्धान हुँदै गर्दा वडा अध्यक्षबाट एसपिकाे राेहबरमा पैसा बाँडिदैछ भनेर फेसबुक वालमा पाेष्ट हुनु ।
तथ्य नं १९- अनुसन्धान चित्त नबुझे गृहसचिवलाई लगाएर एसपि र सिडियाे थर्काउँछु भन्दै हिड्नु ।
तथ्य नं २०- पैसा ल्याउने सुचनाका बारे वडा अध्यक्षकाे दाेधारे (काेहिसँग जानकारी भएकाे र काेहिसँग जानकारी नभएकाे) धारणा अाउनु ।
तथ्य नं २१- पैसा ल्याएकाे दिन बेलुकी वडा अध्यक्ष र कार्यालय सहायक भेट गरेर पनि नभेटेकाे कुरा गर्नु ।
तथ्य नं २२- बैकबाट पैसा झिकेपछि बटारमा सचिवलाई छाेडेर २०-२५ मिनेट हराउनु ।
तथ्य नं २३- अनुसन्धान पूरा नभई अदालतमा मुद्दा चलिरहेकै अवस्थामा विभिन्न पत्र पत्रिका र श्रव्यदृश्य सञ्चारका माध्यमबाट घटनालाई राजनैतिक रङ्ग दिएर प्रचारप्रसार गरिनु ।
तथ्य नं २४-व्यवहारिक अप्ठ्याराे फुकाउन पहिल्यैदेखि दिने गरिएकाे सिफारिसलाई अाधार बनाएर बिना साेधपुछ र प्रमाणनै बिना गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकीय अधीकृतकाे नाम जाेडेर चरित्र हत्याकाे प्रयास गरिनु ।
तथ्य नं २५- सिफारिस माग्ने,पैसा झिक्न जाने, पैसा ल्याउने, वडामा राखेकाे छु भन्ने, ढाेका र दराजकाे साँचाे बाेक्ने तमाम घटनासँग जाेडिएका मानिसलाई केन्द्रमा राखेर अनुसन्धान गरिनु पर्छ । अफिसमा पैसा अाइनपुगेकाे वा बाहिरबाटै केही भएकाे भए पनि उनिहरुलाई थाहा छ, अफिसमा राखेकै भए पनि ढाेका तथा ताला ताेडफाेड नदेखिनु र साँचाेकाे प्रयाेग भएकाे अनुमानले अभियुक्त तीनजनालाई थाहा छ । उनीहरु कसैकाे संलग्नता नभई घटना घट्नै नसक्ने अवस्था देखिन्छ, यदि छ भने पनि उनीहरुले कुनै मुलाहिजा नराखी बाहिर ल्याइदिनु पर्छ त्यसैले तपाईं हामी तथा सराेकारवाला निकाय र अनुसन्धानमा लागेका निकायले घटना माेडिन नदिई सत्य तथ्य पत्ता लगाउन सहयाेग गराैँ ।
प्रहरी अनुसन्धान तथा घटना केन्द्रका विविध तथ्यमा आधारित