बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु
नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ का ४७ वर्षिय पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा यससँगै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार एकसय ४१ पुगेको छ ।