सुर्यगढी गाउँपालिकाको बजेट ४२ करोड ४८ लाख



नुवाकोट,असार १० । जिल्लाको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४२ करोड ४८ लाख ५ हजार ७ सय ४ रुपैयाँ पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ४४ लाख ४५ हजार र पुँजीगत तर्फ १५ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । 
 

शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन सम्बन्धी विषय समावेश गरेको छ । छात्राहरुलाई शिक्षा तर्फ आकर्षित गर्न अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, स्वस्थ्य रहनु सबै भन्दा ठुलो सबै घरमा आधुनिक चुलो कार्यक्रम  सञ्चालन गरिने, एक घर एक धारा खानेपानी कार्यक्रमलाई प्राथमिकता दिइने, एक वडा एक खेल मैदानको कामलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले बताउनुभयो  । 
 

कृषि उद्योग तथा वाणिज्य पर्यटन कार्यक्रमको लागि १ करोड ५५ लाख, आलु तथा तरकारी बारीको साना व्यवहारिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालनको लागि   २४ लाख बजेट बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले जानकारी दिनुभयो । यस्तै, कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न परिस्थितिलाई सिकाई सहजीकरणको लागि शैक्षिक कार्यक्रमको लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । यस्तै, शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रबद्र्धन कार्यक्रमको लागि ८ करोड ७५ लाख ४१ हजार रुपैयाँ बिनियोजन भएको छ भने पुर्बाधार बिकासको लागि १० करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । 
 

गाउँपालिका उपाध्यक्ष बुढाथोकीको अनुसार कोरोना भाइरस कोभिड १९ को क्षति कम गर्न ७५ लाख रुपैयाँ, बाह«ै महिना सञ्चालन हुने हेलिप्याड निर्माण निरन्तरता दिन १२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जेष्ठ नागरिक वार्षिक चाडपर्ब खर्चको लागि २० लाख ५० हजार रुपैयाँ, बजार क्षेत्रमा सोलारको बति जडान गर्दै जाने नीतिलाई कार्यन्वयन गर्न १५ लाख रुपैयाँ बजेट बिनियोन गरिएको सुर्यगढी गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्