उपत्यकामा निषेधाज्ञा खुकुलो, केहि स्थानमा ट्राफिक जाम
काठमाडौं, असार ८ । बितेको ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै मंगलबारदेखि निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिइएको हो ।
जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर, नम्बर प्लेटको अन्तिम अक्षरका सवारी साधन चल्नेछन् । ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ । तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएका छैनन् ।
हाल सञ्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।