संचालनमा आयो पठाओ र टुटल सेवा
काठमाडौं,असार ८ । आज मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । निषेधाज्ञाका कारण करिब २ महिनादेखि बन्द रहेको पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो ।
टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।
काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।