सातै प्रदेशका प्रहरी प्रमुख फेरिए



काठमाडौं, असार ८ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत गरेपछि प्रहरी प्रधान कार्यालयले सरुवाको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार सातै प्रदेशको नेतृत्वमा रहेका, सीआईबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआईजीको सरुवा गरिएको छ । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा धिरजप्रताप सिंह आएका छन् । उनी प्रदेश २ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रन्जितकारको सरुवा भएको छ । यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

यसैगरी, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआईजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेका डीआईजी वसन्त लामा प्रहरी महानिरीक्षकको सचिवालमा आएका छन् । यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहेका घनश्याम अर्यालको विशेष ब्युरोमा सरुवा भएको छ ।

यसैगरी, लुम्बिनीमा रहेका रवीन्द्र धानुकको प्रधान कार्यालयमा रहेको कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै, कर्णालीमा रहेका वसन्त पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ल्याइएको छ ।

यस्तै, सुदूरपश्चिम प्रहरी कार्यालयमा रहेका डीआईजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सीआईबीका सहकुल थापालाई प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय निर्देशनालय लगिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका प्रकाश अधिकारीको मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्