नुवाकोटको दुप्चेश्वरले गर्यो हेलम्बुका बाढी पीडितलाई आर्थिक सहयोग



नुवाकोट,असार ७ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले हेलम्बुमा गएको बाढी पहिरोका प्रभावितलाई ५ लाख सहयोग गरेको छ ।

आइतबार बसेको पालिकाको बैठकले हेलम्बु गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको पालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

‘यो विपद्को घडीमा छिमेकीले सहयोग गर्नु धर्म हो’-गाउँपालिकाका अध्यक्ष तामाङले भने ।

गाउँपालिकाले छिमेकी जिल्ला सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हालसालै आएको बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्