रुपन्देहीको मुसहर बस्तीमा राहत वितरण
रुपन्देही,असार ६ । जिल्लाको देवदह नगरपालिका – ४ स्थित सोइया टोलमा बस्ने मुहसर बस्तीमा राहत सामाग्री वितरण गरिएको छ । आइतबार सोइया महिला स्वावलम्बी संस्थाले स्कुललाईफ इन नेपालको आर्थिक सहयोगमा बाढि तथा महामारीबाट समस्यामा परेका ३३ घर परिवारलाइ खाद्यान्न लगायतका सामाग्री बितरण गरेको हो ।
संस्थाले दैनिक ज्यालादारी गरेर खाने र बाढि प्रभावीत मुहसर बस्तिका ३३ घरपरिवारका लागि प्रतिघर २५ के जि चामल,२ लिटर तेल,२ किलो चिनी,२ किलो नुन,५ किलो पिठो,३ किलो दाल,२ वटा साबुन बितरण गरेको हो । संस्थाले बाढी प्रभावीत ७ घर परिवारलाई १ थान खाट र एक थान बिस्तारा र खाना पकाउने दाउरा र १ सेट ग्याँस चुल्हो बितरण गरेको संस्थाकी अध्यक्ष मिरा भुजेलले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा बोल्दै देवदह – ४ का वडा अध्यक्ष दिपक चापागाईंले विस्थापित परिवारलाई वडाले राहत वितरण गरेको बताउनुभयो । उहाले आगामी दिनमा पनि संग संगै सहकार्य गरेर अघि बढ्ने बताउदै सोईयाले गरेको कामको प्रशंसा गर्नुभयो । साथै उहाले फजुल खर्च गर्नुभन्दा प्रत्येकले दिनको १ सय रुपैया बैकमा जम्मा गर्ने बानी बसाल्न पनि मुसहर बस्तीका स्थानियलाई आग्रह गर्नु भयो ।