गुल्मीमा २७२३ जना कोरोना संक्रमण मुक्त



गुल्मी,असार ५ । जिल्लामा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हालसम्म २ हजार ७२३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ३ हजार ९२ जनामध्ये २ हजार ७२३ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीले जनाएको छ ।

जिल्लामा हाल २९७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये २८४ जना होम आइसोलेशनमा रहेका छन् । १३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा कोरोनाको दोस्रो चरणमा ८९ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २७ हजार २९३ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३४६ जना रहेका छन् ।

जिल्लामा असार ७ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमणको दर केहि घटेसँगै जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टा मात्रै खोलिदै आएकोमा १ घण्टा थपेर ४ घण्टा खोल्न पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्