मेलम्चीमा अझै बाढी र पहिरोको जोखिम
सिन्धुपाल्चोक,असार ५ । जिल्लाको हेलम्बु गाउँपालिकाले अझै बाढी र पहिराको जोखिम रहेको जनाएको छ ।
शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण खोल्दै अझै जोखिम रहेकाले सचेत रहन आग्रह गरेको छ ।
गाउँपालिकाको सूचनाअनुसार सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानुले असार १ गते मेलम्चीमा अचनाक बाढी आएको खुलाएको छ ।
डा. रविन राज निरौलाले सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हाल सम्म एकिन नभएको बताएकोले थप बाढी जान सक्ने हुँदा उच्च सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।