नेपालमा थप २७६८ जनामा संक्रमण, ४०२० संक्रमणमुक्त
काठमाडौ,असार ४ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।