पूर्व अर्थमन्त्री डाक्टर महतद्वारा स्वास्थ्य सामग्री सहयोग



• प्रविण थपलिया

नुवाकोट,असार ३ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले पञ्चकन्या र शिवपुरी गाउँपालिक अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डाक्टर महतको सचिवालयबाट खटिएका प्रदिप थापा, रामेश्वर थापा, सुशील खड्का र हरि दुलालको टिमले विहिवार उक्त स्वास्थ्य सामग्री शिवपुरी र पञ्चकन्या गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरे । स्वास्थ्य चौकीका लागि हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीहरुमा
माक्स, सेनिटाइजर, पिपिई, जिङ्क ट्यावलेट, भिटामिन सि लगायत रहेको छ ।

यस अघि सुर्यगढी र लिखु गाउँपालिकामा वितरण गरिसकेको तथा केही दिनमा दुप्चेश्वर, तादी लगायतका गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा वितरण गरिने कार्यक्रम रहेको डा महतको सचिवालयबाट जानकारी गराइएको छ ।

महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ आफुले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको पूर्व अर्थमन्त्री डाक्टर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्