कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप
काठमाडौ,असार ३ । सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ ।
बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।
आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको जनाएको छ ।