पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि दिल्ली प्रस्थान
काठमाडाैँ,असार २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थोपचारका सिलसिलामा नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
खनाललाई बुधबार दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । उनकाे नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुनेछ ।
उनी श्रीमती, छोरा र एक चिकित्सकसहित दिल्ली गएका हुन । केहीदिनदेखि अस्वस्थ भएका उनी काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत थिए । तर, स्वास्थ्य बिग्रिदै गएपछि परिवारको निर्णयमा दिल्ली लगिएको छ । उनी मिर्गौलाको समस्याबाट पीडित छन् ।