सिन्धुपाल्चोकमा बाढीको वितण्डा : बग्याे मेलम्ची-नवलपुर जाेड्ने पुल



सिन्धुपाल्चोक,असार २ । हेलम्बुदेखि उर्लिएर नदि किनार करिडाेरमा बितण्डा मच्याउँदै आएकाे बाढीले सदरमुकाम चाैतारा जाेड्ने पक्कि पुल बगाएकाे छ । राति करिब पाैने २ बजेकाे समयमा चाैताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जाेड्ने पुल बाढीले भत्काएकाे हाे ।

याे संगै बाढीले गरेकाे प्रारम्भिक क्षतिहरुमा हेलम्बुकाे नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, अामा ह्याेल्माे बसपार्क, सिटि पार्क रहेकाे स्थानीयले जनाएका छन् ।

मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्।
मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले आजकाे रात खुला अाकाशमा बिताएका छन् । बाढीकाे जाेखिम झनै बढेपछि सुरक्षित स्थान खाेज्दै बिस्थापितले रात कटाउने तर्फ लागेका हुन् ।

अविरल बर्षाका कारण उर्लदाें खाेलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडाेरका बासिन्दा माथि माथि सरेर ज्यान जाेगाउनेतिर लागेका हुन् । हेलम्बुका किउलबासी घरमाथि रहेकाे बारीकाे पाटालाई अाश्रय लिएर सुरक्षित स्थानमा सरेकाे किउलका अर्जुन भण्डारीले जानकारी दिए । खाेलाकाे वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेकाे उनले सिन्धुखबरलाई जानकारी दिए । ग्याल्थुमवासी पनि भागदाैडपछि बस्तीमाथि सरेका छन् ।

यता मेलम्ची बजारका स्थानीय आफ्नाे थलाे छाडेर सार्वजिक जग्गामा बसेकाे सञ्चारकर्मी देवराज सुवेदी बताउँछन् । उनका अनुसार मेलम्चीवासीले आजकाे रात ज्यान जाेगाउन नगरपालिकाकाे कार्यालयकाे प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलाेका रूपमा लिएका छन् ।

बाढीले दर्जनाैं बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बिद्युत अापुर्ती बन्द भएकाले उद्दार गर्न सकिएकाे छैन । कति क्षति भयाे भन्ने एकिन हुन सकेकाे छैन ।

वर्षा नथामिएकाले समस्या उत्पन्न भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।

मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।

घटनाकाे थप बिस्तृत विवरण अझै अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्