त्रिशुली अस्पतालमा अब मृगौलाको निशुल्क डाइलेसिस
नुवाकोट,असार १ । जिल्लाको त्रिशुली अस्पतालमा अब मृगौलाको निशुलक डाइलेसिस हुने भएको छ ।
वाग्मती प्रदेशमा सरकारले त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस उपचार सेवा संचालन गर्ने भएको हो । मंगलबार वाग्मती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जिल्लाको त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारि गराएका हुन।
नुवाकोटमा रहेका मिर्गौला पीडितका लागि सरकारको यस घोषणाले महत्वपूर्ण सहयोग पुग्नेछ । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले जनताको बीचमा मत माग्न जाँदा नुवाकोटमै मिर्गौलाको डायलिसिसको उपचार सुरू गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्रिशुली अस्पतालमा नुवाकोट, धादिङ र रसुवाका नागरिकले उपचार गराउने गरेका छन ।